लगानी गर्ने अवसर ! आजदेखि एनआइसी एसिया क्यापिटलको म्युचुअल फन्ड बिक्री खुला, कहाँबाट कति आवेदन दिने ?

अर्थकागज
प्रकाशित: ०३ मंसिर २०८०
Image description

काठमाडौं । एनआइसी एसिया क्यापिटलले मंसिर ४ अर्थात आजदेखि म्युचुअल फन्ड बिक्री खुला गरेको छ । 

क्यापिटलले ‘एनआइसी एसिया ग्रोथ फन्ड २’ को कुल १० करोड इकाई बिक्री खुला गरेको हो ।  जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% विज पुँजीवापत कोष प्रवर्द्धक एनआइसी एसिया बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।

लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।

यो बन्दमुखी योजना हो । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । म्युचुअल फण्डमा सर्वसाधारण लगानीकर्ताले छिटोमा मंसिर ७ गतेसम्म र ढिलोमा १८ गतेसम्म आवेदन दिन सक्ने छन् ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीले यो योजनालाई ए माइनस रेटिङ प्रदान गरेको छ । यसले योजनाको लगानीमा कम जोखिम रहेको जनाउँछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर