सर्वोत्तम पेन्ट्सको IPO प्रि–अलोटमेन्ट सोमबार, बाँडफाँड कहिले ?
काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँडको तयारीमा प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जुट्न थालेको छ । क्यापिटलले भोली अर्थात सोमबार प्रि–अलोटमेन्ट गर्ने तयारी गरको हो । भोली प्रि अलोटमेन्ट गर्ने र बुधबार वा विहीबार आईपीओ बाँडफाँड गर्ने तयारी क्यापिटलले गरेको छ
कम्पनीले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म ७ करोड ५ लाख ५० हजार रुपैयाँबराबरको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।
कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ४२ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।
Shares