हिमालय उर्जा विकासमा संचालकहरुको लुटतन्त्र, तलव/भत्ता २ हजार ३ सय ८ प्रतिशतले बढाए
काठमाडौं । नियमन निकाय बलियो नहुदा जलविद्युत कम्पनीका सचालकहरुको मिलोमतोमा कसरी लुटतन्त्र मच्चाउन भनेर हिमालय उर्जा विकास कम्पनी लमिटेडमा हेर्दा हुन्छ । कम्पनीका संचालकहरुले मिलेर तलव/भत्ता मात्रै २ हजार ३ हजार ७.६७ प्रतिशतले बढाएर कम्पनीको पैसा कुम्ल्याएका छन् । सेयरधनीलाई लाभांश भने छैन । संचालकहरुले भने पब्लिक कम्पनीको पैसा भित्र मोजमस्ती राम्रैसँग गरेको वित्तिय विवरणले देखाउँछ । कम्पनीको आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९ /८० मा संचालकहरुलाई तलव भत्ता बापत ९० हजार रुपैयाँ भुक्तानी गरेको थियो । तर, आर्थिक वर्ष २०८०/८१ मा भने तलव भत्ता बापत २१ लख ६६ हजार ९०६ रुपैयाँ ८६ पैसाँ भुक्तानी गरेको छ । यो भनेको तलव भत्ता बृद्धि २३०७.६७ प्रतिशत रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१ ८२ को संचालकहरुलाई के कति ? भुक्तानी गरेको भने प्रष्ट देखिदैन । यो पनि संचालकहरुको चलाखी हो । बार्षिक प्रतिवेदन पनि कपी जस्तो ए फो साईजमा बनाएर सेयरधनीहरुलाई हपेको प्रष्ट हुन्छ । कम्पनीमा आकर्षिक डिजाइनको बार्षिक प्रतिवेदन छाप्ने पैसा छैन भने तलव भत्ता किन यति धेरै बढाएको भनेर ? सेयरधनीले बार्षिक साधारणसभा संचालकहरुलाई सोध्नु पर्ने देखिन्छ । यस कम्पनीको संचालक समितिको अध्यक्षमा हरि प्रसाद पाण्डे रहेका छन भने संचालकहरुमा रमेश प्रसाद न्यौपाने, सोमनाथ पाठक, डा. सरस्वती पाण्डे, इ.श्रीराम पाण्डे, प्रमिला चौहान(बस्नेत) र डा. क्षत्रबहादुर बस्नेत रहेका छन् । संचालकहरुमा पनि नातावादहरुको राम्रै छाप रहेको प्रष्ट देखिन्छ । जलविद्यत क्षेत्रमा आयोजना बनाउन पब्लिकलाई सेयर भिराएर आफ्नो आफन्तलाई संचालक र जागिर खुवाई लुटतन्त्र मच्चाई रहेको छन् । यति सम्मका एकै व्यक्त धेरै जलविद्युत कम्पनीको संचालक भएको छन् । एक व्यक्ति एकै प्रकारका पब्लिक कम्पनीको संचालक बन्न नपाईने व्यवस्था भएपनि नियमन निकाय कमजोर हुँदा यसको फाइदा केही व्यक्तहरुले लिइरहेका छन् । विद्युत नियमन आयोग निदाएर बसेको यति बेला सेयरधनीहरुले आरोप लगाएका छन् ।
प्रतिक्रियाहरू
Jitendra Thapa
4 months ago
Share Dhani Lai kunai divide na dine ani
Shares