एनआईसी एशिया बैंकले घटायो ब्याजदर

अर्थकागज
प्रकाशित: ३० भदौ २०८१
Image description

काठमाडौं । एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

बैंकले असोजका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्याजदर दिने भएको छ । यसअघि भदौमा बैंकले व्यक्तिगततर्फ ७.४१ प्रतिशत र संस्थागततर्फ ६.४१ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

त्यसैगरी बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि अधिकतम ५.२७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछ । यसअघि भदौमा ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।


प्रतिक्रियाहरू

Gopal acharya

1 year ago

Nic asia bank Dherai man pari tarikale rin leyaka bektiko khatama man pari beyaj liyo

सम्बन्धित खबर