प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल
प्रकाशित:
१० फागुन २०८२
काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिनुभएको छ । प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका निर्देशक ढुङ्गेललाई प्राधिकरणको यही फागुन ५ गतेको निर्णय अनुसार प्रवक्ताको जिम्मेवारी समेत तोकिएको हो ।
सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा व्यवस्था भए बमोजिम निर्देशक ढुङ्गेललाई प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तोकिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिनुभयो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares