एनआइएमबि एस क्यापिटलले २५ प्रतिशत लाभांश पारित गर्न बोलायो साधारण सभा

अर्थकागज
प्रकाशित: ०२ पुस २०८०
Image description

काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिममिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले ११ औं वार्षिक साधारण सभा पुष २५ गते एनआएमबि एस क्यापिटलको सभाहल लाजिम्पाट काठमाडौँमा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै हकप्रद निष्कासन प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश रहेको छ ।

सभामा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा छलफल हुनेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नेछ ।


प्रतिक्रियाहरू

Ajay Kumar Chaudhary

2 years ago

25%kekolagi hoyu

सम्बन्धित खबर