जनकपुरलाई एनपिएलको उपाधि

अर्थकागज
प्रकाशित: ०५ पुस २०८१
Image description

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि जितेको हो ।जितका लागि १ सय ८५ रनको लक्ष्य पाएको जनकपुर बोल्ट्सले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । नकपुरको जितमा लाहिरु मिलन्था नायक बने । उनले ८७ रनको आक्रामक पारि खेले । उनले ४९ बलमा ८७ रन बनाए ।आसिफ शेखले ३३ रनको योगदान दिए । उनले १९ बलमा ३३ रन जोडे । मोहम्मद मोहसिनले ९ रन बनाए भने जिम्मी निशमले ४ रन थपे । आकाश त्रिपाठी २ रन बनाएर आउट भए ।

हर्ष ठाकरले नट आउट ३० रन बनाए भने मायन यादव २ रनमा नट आउट रहे ।बलिङमा भने हरमित सिंह, दिपेन्द्र सिंह ऐरी, सैफ जैब र इशान पाण्डेले समान १–१ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।सुदूरपश्चिमका लागि ओपनर सैफ जैब अर्ध शतक बनाए । उनले ४३ बलमा ६९ रन बनाए ।

अर्का ओपनर विनोद भण्डारीले ४१ रनको योगदान दिए । भण्डारीले ३१ बलमा ४१ रन बनाए । हरमित सिंहले १४ रन बनाए ।उनले ८ बलमा १४ रन जोडे । ब्रेन्डन मक्मेलनले पनि १४ रनको रनको योगदान दिए । उनले १२ बलमा १४ रन जोडे ।कप्तान दिपेन्द्र सिंह ऐरीले ९ रन जोड्दा स्कट कुग्गेलिजनले १३ रन जोडे । आरिफ शेख १ रनमा बाउट भए ।

इशान पाण्डेले ६ रनको योगदान दिए भने नरेश बुढायरले ८ रन जोडे । नरेन साउद १ रनमा नट आउट रहे ।बलिङमा भने जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले समान ३–३ विकेट लिए ।जेम्स निशाम र ललित राजवंशीले सामन १–१ विकेट लिए ।

च्याम्पियन जनकपुरले ट्रफी सहित १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो भएको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

एनपिएलमा तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।यस संस्करणमा यसअघि जनकपुर र सुदूरपश्चिमबीच दुई पटक भेट भएको थियो । दुवै खेलमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो ।पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधै फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको थियो ।दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर