सात महिनामा आठ खर्ब उनन्चालिस अर्ब रेमिट्यान्स

अर्थकागज
प्रकाशित: २७ फागुन २०८०
Image description

चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा विप्रेषण आप्रवाह(रेमिट्यान्स) आठ खर्ब ३९ अर्ब पुगेको छ । सात महिनामा विप्रेषण आप्रवाह(रेमिट्यान्स) २१.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह(रेमिट्यान्स) २७.१ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह(रेमिट्यान्स) १९.१ प्रतिशतले वृद्धि भई छ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो विप्रेषण १६.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ५८ हजार ५४० रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १४ हजार ७६७ र एक लाख ६७ हजार ७०८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २०.० प्रतिशतले वृद्धि भई नौ खर्ब १० अर्ब ७४ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर