यि हुन् नबिल बैंकको ठूला सेयरधनीहरु, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: २२ मंसिर २०८१
Image description

काठमाडौं । नबिल बैंक लिमिटेडको सबै भन्दा ठूला संस्थापक सेयरधनी एनबी (ईण्टरनेशनल) लिमिटेड आयरल्याण्ड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को अनुसार आयरल्याण्डसँग बैंकको १० करोड ६७ लाख ६ हजार २४२ कित्ता अर्थात ३९.४४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

त्यसै गरी आइएफआईसी बैंक पी.एल.सी, बङ्गलादेशको २ करोड १० लाख १७ हजार २६४ कित्ता अर्थात ९.७७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता अर्थात ७.६३ प्रतिशत, मुथुट  फाइनान्स लिमिटेड भारतको ११ लाख ९८ हजार ५३१ कित्ता अर्थात ०.४४ प्रतिशत, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको ७ लाख १२ हजार ३४० कित्ता अर्थात ०.२६ प्रतिशत र अन्य व्यक्ति तथा संस्थाहरुको ७८ लाख ४९ हजार ७८२ कित्ता अर्थात २.९० प्रतिशत सेयर स्वामित्व रहेको छ ।जसमा बैंकका संचालक निर्माण कुमार चौधरीको १८ लाख९७ हजार ४५९ कित्ता सेयर स्वामित्व रहेको छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर