आकर्षण लिलामीको सेयरमा

अर्थकागज
प्रकाशित: १३ माघ २०८०
Image description

अपर तामाकोशि हाइड्रोपावरले आफ्ना सेयरधनिहरुलाइ जारी गरेको हकप्द सेयरमा नबिकेको सेयरहरु १ करोड ७० लाख कित्ता भन्दा बढिको सेयर लिलामिमा राखेका थियो । यसमा थुप्रै लगानीकर्ताहरुको आकर्षण देखियो । अपर तामाकोशिको बोलकबोल सेयरमा ३० हजार भन्दा बढिलेले आबेदन दिएका थिए । सेयरबजारको इतिहासमानै यति धेरै लिलामिको सेयरमा आबेदन परेको शायद यो पहिलो होला । त्यसोत लिलामिको सेयरमा बिगतमा पनि आकर्षण रहेको नै थियो भन्दा पनि फरक नपर्ला । लिलामीको सेयर बजारमा भन्दा केहि सस्तोमा पाउने र धेरै कित्तामा पनि आबेदन दिन पाउने भएकोले पनि यसमा लगानीकर्ताहरको आकर्षण रहेको देखिनछ । लिलामीको सेयरमा साना लगानीकर्ताहरु देखि ठूला लगानीकर्ताहरुदेखि सस्थागत लगानीकर्ताहरुको पनि आकर्षण रहेको दखिनछ ।

त्यसोत लिलामिको सेयर खासगरि धेरैजसो ठूलाबडा लगानीकर्ताहरु र सस्थागत लगानिकर्ताहरुले नै पार्ने गरेको देखिन्छ बिगतलाइ हेर्दा । ्त्यसोत कतिपय लगानीकर्ताहरु लिलामीको सेयरमा च्याखेँ दाउ थाप्नेहरु पनि नभएको होइन कम मुल्यमा कोट गर्ने परे पनि ठिक नपरे पनि ठिक भन्नेहरु पनि नभएका होइनन ।

त्यसोत कतिपय लगानीकर्ताहरुले अपर तामाकोशिको सेयरमा पनि च्याखँ दाउ थापेको पनि देखिन्छ । अपर तामाकोशिको लिलामिको सेयर धेरै सख्यामा धेरै कित्ता भएको कारणले कम मल्यमा पनि पाउन सकिने भन्ने मनोबिज्ञानले पनि काम गरेको देखिन्छ । यसकारणले पनि कतिपयले लिलामीको सेयरमा रु १ सय नै कोट गरेको पनि देखिइयो । त्यसोत अपर तामाकोशिको सेयरमा यति धेरै लगानीकर्ताहरुको आकर्षण देखिनमा यसको सेयरको सख्या सेयर कित्ता धेरै भएकोले पनि हो भन्दा फरक नपर्ला र धेरै कित्ता शेयर भएको कारणले पनि कतिपयले कम मुल्य कोट गरेको देखिन्छ । अपर तामाकोशिको सेयरको बिक्री प्रबन्धक लक्ष्मि सनराइज क्यापिटलमा सेयरको आबेदन दिनेहरुमा धेरैले १ सय ५ देखि १ सय ३० रु को हाराहारीमा मुल्य कोट गरेको देखिन्छ । त्यसोत केहि लगानीकर्ताहरुले यो पक्तिकारसँग पनि नसोधेको होइन कति जति कोट गर्दा परिन्छ भनेर । त्यसोत बिगतमा लिलामिका सेयरहरुलाइ हेर्दा लिलामीको सेयरमा पनि बजारको हाराहारीमा मुल्य कोट गर्ने पनि देखिएका थिए भने केहिले त बजार भाउ भन्दा पनि बढि मुल्य कोट गर्ने गरेको पनि देखिन्छ । यिनका भनाइमा बजारमा किन्न भन्दा लिलामीको सेयर किन्न बढि फइदाजनक भएको भनाइ पनि रहेका छन् ।

त्यसोत लिलामिमा राखेका सामान होस वा सेयर बढि पैसा तिरेर किन्ने भने होइन भन्दा पनि फरक नपर्ला । लिलामिको सामान वा सेयर बजारा भन्दा सस्तोमा पाए किन्ने हो भन्दा पनि फरक नपर्ला बजारको भाउमा किन्न परे बजारका नै किने भइ हाल्यो नि किन लिलामीमा झन्झट ्बयहोर्ने । लिलामीको जति सुकै बढि भाउमा किनेको भए पनि यसको फेस भ्याल भनेको रु १ सय रुपिँया नै हुन्छ । लिलामिको सेयर पछि बिक्री गर्दा रु १ सयभन्दा बढिको लाभ कर समेत तिर्न पर्ने हुन्छ । यसमा पनि लगानिकर्ताहरुले ध्यान दिन पर्ने हुन्छ । त्यसोत लिलामिको शेयर जति बढि मुल्यमा बिक्री भयो उति कम्पनिलाइ फइदा हुन्छ । कम्पनिलाइ फइदा भएको भन्न सेयरधनीहरुलो लागि पनि फाइदा जनक नै हो भन्दा पनि फरक नपर्ला ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर