नाफासंगै बढ्यो नेशनल लघुवित्त ईपिएस, वितरणयोग्य मुनाफा २८.११ करोड
काठमाडौं । नेशनल लघुवित्त वित्तिय संथा लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा संथाको खुद नाफामा बृद्धि देखियको छ ।
असार मसान्तसम्ममा संथाले ३४ करोड ९ लाख लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.८९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाको यस्तो नाफा २१ करोड ५९ लाख रुपैयाँमा सिमित थियो।
यो अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ७५.५६ प्रतिशत बढेको छ भने सञ्चालन नाफा ६०.५० प्रतिशतले बढेको छ। ब्याज आम्दानी र संचालन मुनाफामा आएको बढोत्तरीले संस्थाको नाफामा सुधार आएको हो । यता, संथाको इम्पेयरमेन्ट चार्ज २५०० प्रतिशत बढेको छ । इम्पेयमेन्ट चार्ज ८७ लाखबाट बढेर २२ करोड ७५ लाख रुपैयाँ कायम भएको छ ।
चक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ जम्मा रहेको संस्थाको समिक्षा अवधिसम्ममा वितरणयोग्य मुनाफा २८ करोड ११ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै संस्थाको प्रतिशेयर आम्दानीमा पनि वृद्धि आयको छ। समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी बढेर २९ रुपैयाँ २५ पैसा पुगेको छ। असार मसान्तसम्ममा संस्थाको प्रतिशेयर नेटवर्थ २४५ रुपेयाँ ९ पैसा रहेको छ । संस्थाको खराब कर्जा घटेर ३.२५ प्रतिशतमा झरेको गत आर्थिक वर्षमा संस्थाको खराब कर्जा ३.५३ प्रतिशत रहेको थियो ।
Shares