एनएमबि बैंकद्धारा सातै प्रदेशमा एमएसएमई दिवस मनाईयो
काठमाडौं । एनएमबि बैंकले एमएसएमई दिवस को मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो । कार्यक्रममा बैंकका बिभिन्न शाखाहरुका ८०० भन्दा बढि ग्राहकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एमएसएमईका ग्राहकहरुलाई लेखा, बित्त, माकेटिङ, डिजिटलाईजेशन जस्ता बिषयहरुको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिबृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो । यस कार्यक्रममा उपस्थित ग्राहकहरु बीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरुको व्यवसाय प्रवर्दन गर्नको लागि बैंकले सहजिकरण गर्दै ग्राहकहरुलाई उनीहरुको व्यवसायमा आईपरेका विभिन्न समस्याहरु समाधान गर्नको लागि सुझाव दिईएको थियो भने उपस्थित केही ग्राहकहरुले आफ्नो सफलताका कथाहरु समेत सुनाएका थिए । एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आईरहेको बैंकले, एमएसएमई दिवसमा विगत ३ बर्षदेखि मनाउँदै आईरहेको छ । यस्ता कार्यक्रमा उपस्थित ग्राहकहरुले प्रतिस्पर्धात्मक बजारमा आफुलाई शसक्त बनाएर आफ्नो व्यापार व्यवसाय बढाउने समेतको आत्मविश्वास प्रदान गरेको छ ।
एनएमबि बैंक विगत २८ वर्षदेखि अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्रप्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द बैंकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो । नएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देश भर २०१ शाखाहरू, १८८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।
Shares