शिखर इन्स्योरेन्स नाफा १९ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: २८ माघ २०८०
Image description

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा कम्पनीले २५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.१७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २१ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ५५ करोड १४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ८.०३ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा १.७९ प्रतिशत बढेको छ भने कुल खर्च ४.३५ प्रतिशतले घटेको छ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ६५ करोड रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड ४८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३१ करोड ४९ लाख रुपैयाँ र अन्य इक्विटीमा ५२ करोड ७६ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर