पिपुल्स पावरको बार्षिक साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: १९ माघ २०८१
Image description

काठमाडौं । पिपुल्स पावर लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज पारिजात पार्टी प्यालेस (टोखा न.पा वडा नम्वर ८ ) जाल्पाचोक, काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको तर्फबाट पेश भएको अध्यक्षको बार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०८१/८२ को लागि लेखा परिक्षकको नियुक्ति गरेसँगै निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थागत सुसाशन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र लेखा परिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने प्रस्ताव पारित गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर