मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भर्नु भयो ? आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: ११ मंसिर २०८०
Image description

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर ८ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो। सीडीएससीका अनुसार हिजो साँझ ५ बजेसम्म यो आइपीओमा १० लाख ५७ हजार ८२८ आवेदकबाट १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँ अर्थात १ करोड १५ लाख २३ हजार १५० कित्ताका लागि खरिद आवेदन परेको छ। जुन आवेदन मागभन्दा १०.०४ गुणाले बढी हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।  जसमध्ये, पहिलो चरणमा १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँटसमेत भइसकेको छ ।

अब दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासनमा ल्याएको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहाँबाट आवेदन दिने ?

लगानीकर्ताले मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर