आज ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका
काठमाडौं । आज ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी सबै कम्पनीहरुले भोली अर्थात पुस २१ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
नागरिक लगानी कोष
-बोनस ५ प्रतिशत, नगद ८ प्रतिशत
-३० गते साधारणसभा
-नागरिक लगानी कोषको केन्द्रिय कार्यायल, नयाँ बानेश्वरमा
प्राइम कमर्सियल बैंक
-बोनास ८ प्रतिशत, नगद ०.४२१ प्रतिशत
- साधारणसभा ३० गते
-नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी, काठमाडौमा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
-नगद १२ प्रतिशत
-साधारणसभा पुष २९ गते, एलिस रिसेप्सन गौरिधारा, काठमाडौंमा ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी
-बोनस ४ प्रतिशत, नगद ४.४२१ प्रतिशत,पुष २९ गते साधारणसभा, सिल्भर ओक रिसेप्सन गौरीधारा, काठमाडौंमा ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स
-नगद ८ प्रतिशत, साधारणसभा माघ ६ गते , साधारणसभा अनमोल ब्याङक्वेट शंखमुल, काठमाडौं ।
Shares