एलआइसी नेपालको २३ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
प्रकाशित:
२९ असार २०८२
काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) को २३ औं वार्षिक साधारण सभा आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेल, ललितपुरमा सम्पन्न भएको छ ।
कम्पनीको संचालक समितिका अध्यक्ष रत्नाकर पटनायकको अध्यक्षतामा बसेको बार्षिक साधारणसभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असार १६ गते बुक क्लोज गरेको थियो । सभ्य र भव्य रुपले सम्पन्न बार्षिक साधारणसभामा आधा दर्जन सेयरधनीले बोलेका थिए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares