डलरको‌ भाउले फेरि बनायो नयाँ रेकर्ड, कति पुग्ला ?

अर्थकागज
प्रकाशित: ०४ पुस २०८१
Image description

काठमाडौँ । नेपाली बजारमा अमेरिकी डलरले पुनः नयाँ रेकर्ड बनाएको छ। डलरले निरन्तर चौथो दिन रेकर्ड बनाएको हो। गत पुस २ गतेदेखि डलरले दैनिक नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि डलरको बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ भने खरिददर १३५ रुपैयाँ ८२ रुपैयाँ निर्धारण गरेको हो। यस अघि हिजो अर्थात पुस ४ गते रेकर्ड बनाएको थियो। सो रेकर्डलाई तोडेर यस दिन डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो। यस दिन साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ। यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको

प्रतिक्रियाहरू

सम्बन्धित खबर