अपि पावरको नाफामा उछालः विद्युत बिक्रि आम्दानी १ अर्ब नाघ्दा १०.६६ गुणाले बढ्यो रिजर्भ

अर्थकागज
प्रकाशित: २९ साउन २०८१
Image description

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य बृद्धि देखिएको छ ।

असार मसान्तसम्ममा परियोजनाले बिद्युत बिक्रिबाट १ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७९.५८ प्रतिशत बढि हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी ३३ करोड ८३ हजार रुपैयाँ थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आर्थिक बषको सोहि अवधिको तुलनामा ९३२.११ प्रतिशतले बढि हो अघिल्लो बर्ष कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २११.६० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९९.२४ प्रतिशत बढेको छ।

५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भको आकार करिब १०.६६  गुणाले बढेको छ । अघिल्लो आर्थिक बर्षमा ५ करोड रुपैयाँ रहेको अन्य इक्विटीमा समिक्ष अवधिमा ९६६ प्र्र्रतिशतले बढेर ५६ करोड ३१ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपेयाँ ८२ पैसा बढेर ७ रुपैयाँ ८९ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.२१ गुणा रहेको छ।


प्रतिक्रियाहरू

Krishna prasad nepal

2 years ago

Bonus kati %?

[email protected]

2 years ago

राम्राे छ तर सर्वसाधारणले शेयर हाल्न पाउन्छ कि नाई

nabaraj adhikari

2 years ago

सधैं यसरी नै नाफा बढ्दै जाओस् । 500/600 मा गरेकाे लगानी उठ्छ कि अब ।

Devendra singh dhami

2 years ago

राम्रो छ तर सर्बसाधारन ले शेयर हाल्न पाउदैनन

Bibek khadayat

2 years ago

Helloo

सम्बन्धित खबर