'सेयरधनी मारा' माछापुच्छ्रे बैंकको सिईओ कोइरालाले तलव/भत्ता १ करोड ७१ लाख बुझे, सेयरधनीलाई कर सहित ८% मात्रै प्रतिफल

अर्थकागज
प्रकाशित: ०७ मंसिर २०८२
Image description

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा माछापुच्छ्रे  बैंक विवादमा तानिदै आएको छ । कुशल व्यवस्थापनमा बैंकको सिईओ सन्तोष कोइराला चुकेपछि पछिल्लो समय बैंक विवादको भुमरीमा परेको देखिन्छ । बैंक कहिले गोप्य सुचना चुहावटको विषयमा तानिदै आएको छ भने कहिले सेयर धनी मारा बैंकको रुपमा विवाद हुँदै आएको छ ।

खराब कर्जाले बैंकको बदनामी वित्तीय क्षेत्रमा बेला बखत चर्चा आफ्नै प्रकारको रहेको छ । यसको मुख्य कारण कुशल व्यवस्थापन नहुनु रहेको छ । सिईओ सन्तोष कोइरालको स्वार्थका कारण बैंकको वित्तीय अवस्थाका खस्किदो रहेको छ । सिईओ कोइराल आफ्नो छोटा अवधिमा बैंकको प्रगति भन्दा पनि आफना् व्यक्तिगत आर्थिक अवस्था सुधार गर्न लागेपछि यतिवेला बैंक व्यवस्थापन भित्र पनि विवाद सुरु हुन थालेको छ ।

अहिलेको अवस्थाका बैंकका सिईओले तलव भत्ता घटाउन थालेका बेला माछापुच्छ्रे  बैंकका सिईओ सन्तोष कोइरालाले भने बैंकसँग कसेर तलव भत्ता बुझेका छन् । बैंक सिईओले आर्थिक वर्ष २०८१/८२ मा १ करोड ७१ लख ९२ हजार रुपैयाँ बुझेका छन् । यो अरु बैंकका तुलनामा तलव भत्ता धेरै रहेको छ । आफुले बैंकबाट कसेर तलव भत्ता लिएपछि सेयरधनीलाई पनि खुलेर लाभांश दिने सक्ने गरी व्यवस्थापन गर्नु पर्ने सेयरधनीहरु बताउँछन् । यस आर्थिक वर्षम सेयधरनीलाई कर सहित ४ प्रतिशत नगद लांभा र ४ प्रतिशत बोनस सेयर करी कुल ८ प्रतिशत लाभांश दिएको थियो । सेयरधनी डम्मरु प्रसाद घिमिरे भन्छन्-'  हामीलाई करसहित ८ प्रतिशत लाभांश दिने गरी काम गर्ने सिईओ सन्तोष कोइरालाले १ करोड ७१ लाख तलव भत्ता बुझ्न मिल्छ ? यो न्यायोचित भएन । सवै सेयरधनीले विरोध गर्नु आवश्यक छ । सवै सेयरधनीले विरोध गर्छन् भनेर सिईओ कोइरालाको चलाखीले बार्षिक साधारणसभा पनि काठमाडौं बाहिर गर्दै आईरहेको छ ।' बैंकले २० प्रतिशत भन्दा कम प्रतिफल दिए कुनै दिन बैंकमै गएर सिईओको कामकारवाहीको सेयरधनीहरुले विरोध गर्ने चेतावनी समेत दिएका छन् ।

बैंकबाट सेयरधनीहरुले ४ करोड ९४ लाख ५२ हजार ७२ रुपैयाँ २५ पैसा लाभांश लिन बाँकी रहेको छ । बैंकले उक्त लाभांश सेयरधनीलाई दिन कुनै प्रकारको आग्रह रहेको छ्रैन् । उक्त लाभांश दिन एक जना कर्मचारी खटाएरु अहिलेको डिजिटल जमानमा फोनमार्फत लिन आउन आग्रह गर्न सेयरधनीहरुले सिईओ कोईरालालाई अनुरोध समेत गरेका छन् । बैंकले१ वर्षमा मनोरन्जनमा लाखौं खर्च गर्न तयारी देखिन्छ । तर, सेयरधनीलाई दिने लाभांश दिन र सेयरधनीको हितको लागि खर्च गर्न किन हिचकिचावट गर्छ ? किन कि त्यसमा बैंक र सिईओको आफ्नो स्वार्थ रहेको हुन्छ ।

बार्षिक साधारणसभा खर्च, संचालकहरुको भत्ताको नाममा लुटतन्त्र, प्रशासनिक खर्च र भत्ता बृद्धिमा लुटतन्त्रले सेयरधनीलाई लाभांश दिन नसक्नु मुख्य कारण रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर