ग्रामिण पर्यटन प्रवद्र्धनले आर्थिक अवस्थामा सुधार हुने छ —पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती
उदयपुर । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले ग्रामिण क्षेत्रको विकास तथा बेरोजगारी समस्या समाधानमा ग्रामिण पर्यटनले ठूलो मद्दत गर्ने बताउनु भएको छ ।
मंगलबारदेखि उदयपुरको त्रियुगा नगरपालिका ८ राजावास स्थित दनुवार सामुदायिक होमस्टेमा आयोजित कोशी प्रदेश होमस्टे सम्मेलनमा प्रमुख अतिथि समेत रहनु भएका मन्त्री उप्रेतीले होमस्टे सेवा मुलक व्यवसाय भएकोले ग्रामिण क्षेत्रका महिलाहरुको आर्थिक स्तर उकास्न र बेरोजगारी समस्या समाधानमा होमस्टेले राम्रो भूमिका खेलिरहेकोले प्रदेश सरकारले ग्रामिण पर्यटन पवद्र्धन कार्यक्रममा जोड दिएको बताउनु भयो ।
विकास र पर्यटन भनेको भौतिक पूर्वाधारको निर्माण मात्र होइन सेवा मुलक कार्य पनि भएकोले कोशी प्रदेशमा रहेको होमस्टेहरुको अवस्थाका बारेमा जानकारी दिन, उकापसमा होमस्टे संचालकहरु विचमा परिचय गराउन र यसको विस्तारमा भएका गतिविधि तथा यसको कानुनी प्रक्रियाका बारेमा जानकारी गराउन यो सम्मेलन आयोजना गरिएको मन्त्री उप्रेतीले बताउनु भयो ।
सो कार्यक्रममा अर्का वक्ता कोशी प्देशका खानेपानी सिंचाई तथा उर्जा मन्त्री नारायण बहादुर बुर्जा मगरले उदयपुरमा पर्यटन प्रवद्धृकालागि धेरै राम्रा ठाउाहरु रहेको तर ओझेलमा परेकोले ति सबै ठाउाहरुको पहिचान गरी पर्यटन प्रवद्र्धन कार्यक्रम संचालन गर्न सके स्थानीयले रोजगारको अवसर पाउने बताउनु भयो ।
यसैगरी कोशी प्रदेशसभाकी उप सभामुख सिर्जना दनुवारले ग्रामिण पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत रैथाने उत्पादन तथा बाली नालीका बारेमा पनि प्रदेश सरकारले प्रदर्शन गर्न सके स्थानीय जनताको जीवनस्तर उकास्न र व्यवसाय संचालनमा समेत सहयोग पुग्ने बताउँदै स्थानीय जनताको सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक अवस्थामा समेत सुधार हुने र बैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाबाट मुक्त हुने बताउनु भयो ।
पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव घिमिरेले पर्यटन प्रवद्र्धनका माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने र यसको क्षेत्र व्यापक भएकोले सबै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सके समृद्धिमा सहयोग पुग्ने बताउनु भयो ।
सो सम्मेलनमा पर्यटना कार्यालय धरानका प्रमुख विजय राईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै धरान पर्यटन कार्यालयको रेकर्डमा ४५ वटा होमस्टे दर्ता भएर संचालनका रहेको र २२ वटा होमस्टे नवीकरण भएको र अन्य होमस्टेको बारेमा सोधखोज भैरहेको बताए ।
सो कार्यक्रममा निरज कट्टेलले ग्रामिण पर्यटन प्रवद्र्धन विषयक कार्यपत्र समेत प्रस्तुत गरेको थिए भने बहेडवा थारु सामुदायिक होमस्टेका कलाकारहरुले थारु कला संस्कृतिका सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थिए ।
मंगलबार र बुधबार दुई दिनसम्म हुने यो सम्मेलनमा कोशी प्रदेशका १ सय ७ वटा होमस्टेका प्रतिनिधि सहभागि भएका छन भने सम्मेलनमा १२ वटा स्टलहरु पनि राखिएको छ । स्टलमा जिल्लाका उत्पादन खाना परिकार लगायतका प्रदर्शनमा राखिएका छन् । पर्यटन वन तथा वातावरण मन्त्रालयको १० लाखको खर्चमा यो सम्मेलन गरिएको ग्रामिण क्षेत्रको पर्यटन प्रवद्र्धन कार्यक्रमलाई बढावा दिन सहयोगी हुने बताइएको छ ।
होमस्टे संचालन कार्यविधि २०६७ नुसार कोशी प्रदेशमा १ सय ७ वटा होमस्टे दर्ता भएर संचालनमा रहेको र पर्यटन व्यवसायी मैत्री कानुन बनाएर कोशी प्रदेशको पर्यटन प्रवद्र्धन कार्यक्रमलाई अघि बढाउने प्रयत्न भैरहेको जानकारी समेत सो सम्मेलनमा दिइएको थियो ।
Shares