खराब कर्जा घट्दा मेरो माइक्रोफाइनान्सको नाफामा उछाल


काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा लघुवित्तको खुद नाफामा उछाल देखियको छ ।
असोज मसान्तसम्ममा लघुवित्तले ३६ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिका लघुवित्तको यस्तो नाफा ६ करोड २५ लाख रुपैयाँले ॠणात्मक थियो ।
यो अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ०.९१ प्रतिशतले घटेको छ भने सञ्चालन आम्दानी ३०.४२ प्रतिशतले बढेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि बृद्धि आयको छ। समीक्षा अवधिमा लघुवित्तको बार्षिकृत ईपिएस बढेर १ रुपैयाँ ११ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १६०.८९ रुपैयाँ रहेको छ। लघुवित्तको खराब कर्जा घटेर ९.३९ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा लघुवित्तको खराब कर्जा ११.५० प्रतिशत रहेको थियो ।
Shares