मार्जिन ऋण नीतिको सट्टेबाज राष्ट्र बैंक भिएस मार्जिन ऋण लिएर सट्टेबाज गर्ने सेयर कारोबारी
सेयर बजारका लगानीकर्ता भनेका व्यक्तिगत र संस्थागत लगानीकर्ता हुन । प्राकृतिक व्यक्ति जस्तो राम, श्याम, गिता भनेका व्यक्तिगत लगानीकर्ता भए भने यी बाहेक कम्पनी वा संस्थाहरु चाहे प्रालि हुन, या पब्लिक कम्पनी हुन या म्युच्युअल फण्ड हुन या पेन्सन फण्ड हुन यी सवै संस्थागत लगानीकर्ता भित्र पर्दछन । सेयर बजारको स्थायित्व विशेषगरि किन र राख प्रकृतिको लगानीका लागि व्यक्तिगत सँगै संस्था बलियो गरि बजारमा देखा पर्नुपर्छ ।
यसमा बन्द मुखि म्युच्युअल फण्ड भन्दा खुला मुखि म्युच्यिुअल फण्ड तथा पेन्सन फण्ड जस्तो कर्मचारी सँचय कोष, नागरिक लगानी कोष जस्ताको सहभागिता हुन जरुरि हुन्छ । बन्द मुखि म्युच्युल फण्ड ट्रेडर प्रकृतिका फण्ड हुन।
अहिले नेपालमा बन्दमुखि फण्डको बाहुल्यता छ । खुलामुखि फण्डहरु विस्तारै देखा पर्दैछन । कर्मचारी संचय कोष दोस्रो बजारमा उपस्थित नै छैन । यो केवल संस्थापक सेयर खरिदमा मात्र देखिएको छ ।
नागरिक लगानीकोषको लगानी पनि बढी भन्दा बढी संस्थापक सेयरमा नै छ । सामाजिक सुरक्षा कोष यो बजारमा आएकै छैन । सेयर बजारका पिलर भनेका यस्ता संस्थाहरु हुन जहाँ संस्थाहरुले दीर्घकालिन लगानीको पैसा बोकेर बसेका हुन्छन र त्यसका सहभागिको उद्येश्य पनि निवृत्त जीवनका लागि लगानी गर्नुहुन्छ । तर हाम्रो बजारमा यी संस्थाहरुले सेयर बजारलाई लगानीको एउटा महत्वपुर्ण पिलरका रुपमा लिन सकेनन वा उनीहरुलाई सेयर बजारमा लगानी गर्नका लागि कानुनी रुपमा बन्चित गरियो ।
अझ भन्नु पर्दा उनीहरुको लगानी पोर्टफोलियो भित्र सेयरमा गरिने लगानी एउटा महत्वपुर्ण हिस्सा हुनुपर्छ भन्ने संस्कारको विकास हुनै सकेको छैन । व्यक्ति वा संस्थालाई मार्जिन प्रकृतिको कर्जा दिनेकुरालाई मात्र उचाल्नु भनेको लगानी भन्दा पनि कारोबार वा सट्टेबाजिलाई प्रश्रय दिनु हो । ऋण लिएर सेयरमा पैसा लाउनेको उद्येश्य २ बर्ष वा ३ बर्ष वा ५ बर्ष लगानी गर्ने भन्ने नै हुदैन ।
सेयर किनवेचकै लागि दिने ऋण भनेको सट्टेबाजिकै लागि दिइने हो । यस्तो ऋण आफैमा बढीमा एक बर्षको मात्र हुने गर्छ । यसकारण पनि कारोबारीले जतिसक्दो चाँडो बजारबाट निस्कने गरि कारोबार गर्नु पर्ने हुन्छ चाहे नाफा बुक गरेर होस वा घाटा बुक गरेर ।
अहिले अर्थमन्त्रि पनि सेयर धितो कर्जाका लागि मात्र बोलि रहेका छन तर यीनले भएका संस्थाहरुबाट सेयर बजारमा गरिने लगानीको हिस्सा बढाउने वा कानुनी रुपमा उनीहरुलाई बढी लचकता प्रदान गर्ने बारेमा भने सोचेका छैनन। संस्थाहरुलाई सेयर बजारमा लगानीका लागि ठाँउ दिन सकिन्छ तर बाध्यात्मक बनाउन सकिदैन । तर यहाँ सँस्थाहरुले कानुनीरुपमा पर्याप्त ठाँउ नै पाएका छैनन ।
अर्को कुरा संस्थाहरु पनि दिएको क्षेत्राधिकार भित्र खुलेर बजारमा नआउनुमा कित उनीहरुमा निक्षेपको व्याज भन्दा बढी कमाउन सकिन्छ भन्ने आत्मविश्वास छैन वा कि त्यो व्यावस्थापन गर्ने जनसक्ति छैन वा उनीहरुले सेयर बजार बाट निक्षेपको व्याज भन्दा बढी कमाउन सकिने ठाँउ नै देखेका छैनन । यो खोजिको विषय देखिन्छ ।
सेयर बजारमा मार्जिन ऋणको नीतिमा सट्टेबाजि गर्ने राष्ट्र बैक र मार्जिन ऋण लिएर सट्टेबाजि गर्ने सेयर कारोबारि विचको द्धन्द्धबाट बजारले मुक्ति पाउनु पर्छ कि ?
Shares