समता घरेलु लघुवित्तले कार्तिक १२ गतेदेखि एफपिओ निष्काशन गर्ने, कसले दिने आवेदन ?

अर्थकागज
प्रकाशित: ०४ कात्तिक २०८१
Image description

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन(एफपिओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले सर्वसाधारणको लागि १०० रुपैयाँ अंकित दरका ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले कार्तिक १२ गतेसम्म न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि कात्तिक २६ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम हुने गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको हो। संस्थाको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिलट लिमिटेड रहेको छ।


प्रतिक्रियाहरू

Shree bahadur tamang

5 months ago

बिदेशमा हुने नेपालीले यो FPO भर्न पाउछ कि पाउदैन र पाउछ भने तरिका बताईदिनु होला।

सम्बन्धित खबर