ठूला लगानीकर्ता मार्केट छिरेनन्,साना लगानीकर्ताले के गर्ने ?
काठमाडौं । सेयर बजारमा केहि महिनादेखि उतारचढाव गजव्बको देखिएको छ । एक दिन बढ्ने, अर्काे दिन घट्ने ? यो हिजोआज मार्केटको नियमित घटना हो । अब चाही बजार निरन्तर बढ्छ भनेर ढोकुवा गर्ने उत्तर कसैसँगै छैन् । बजारको बढाई निरन्तर नहुनुमा मुख्य कारण हो ठूला लगानीकर्ता बजारमा प्रवेश नगर्नु ।
अहिले ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । उनीहरु अहिले नै बजार छिर्ने मनसायमा देखिदैनन् । बजारमा हिजोआज साना तथा मझौला लगानीकर्ताको हाबी भएको देखिन्छ ।
जसले गर्दा आफ्नो पोटफोलियोमा भएको कम्पनीको मूल्य ५ रुपैयाँ बढ्ने वित्तिकै बेच्न हातारिन्छन् । जसले गर्दा बजार एक दिन घट्ने एक दिन बढ्ने भैरहेको छ ।
ठूला लगानीकर्ताहरु अहिले मार्केटलाई भन्दा पनि अरु आफ्नो व्यवसयातिर आफ्नो ध्यान किन्द्रित गर्न थालेको देखिन्छ । जो सेयर बजारमै निर्भर भएका छन अहिले उनीहरु नियमित बजारमा सेयर किनबेच गरिरहेका छन् ।
नयाँ लगानीकर्ता सेयर बजारमा प्रवेश गर्ने अहिले नै मुडमा छैनन् । नेप्से ३२ मा प्रवेश गरेका आफ्नै घरमा बस्ने लगानीकर्ता अहिले डेरामा बस्न थालेका छन् । नेप्से ३२ सय हुँदा छिरेर घाटामा सेयर बेचेर भागेका नयाँ लगानीकर्ताले सेयर मार्केट बिर्सिसकेका छन् ।
साना लगानीकर्ताले के गर्ने ?
साताका अन्तिम दिन बिहीबार नेप्से ३१.५२ अंकले घट्यो । २७५ वटा कम्पनीको ४६ लाख ५७ हजार १३७ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ५५ लाख ५ लाख ५८२ रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से सूचक २९.४७ विन्दुले बढेर २०४५.४५ अंकमा आइपुगेको थियो ।
बुधबार बढेको बजार बिहीबार किन घट्यो भनेर अर्थ कागजले लगानीकर्तालाई सोधिएको प्रश्नमा उनीहरु भन्छन “बजारमा हामी साना लगानीकर्ताले के गर्ने ? ठूला लगानीकर्ता छिरेका छैनन् ।” भोलीका दिनमा ठूला लगानीकर्ता पनि बजार प्रवेश गर्ने र बजारले विस्तार उकालो यात्रा तय गर्नेमा उनीहरु आशावादी रहेका छन् ।
Shares