सिडिएस एण्ड क्लियरिङ्गको १०० प्रतिशत लाभांश घोषणा
प्रकाशित:
०९ पुस २०८१
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट१ सय नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश पारित गर्न पुस २८ गते बिहान ११ बजे सिडिएसकै कार्यालयमा १४औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्नेछ । यस्तै, सिडिएसमा नेपाल सरकारको सेयर स्वामित्व कायम गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares