६६ प्रतिशतले बढ्यो कर्णाली डेभलपमेन्ट बैंकको नाफा, ईपिएस कति ?

प्रकाशित:
१० वैशाख २०८१

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा बृद्धि देखिएको छ ।
समिक्षा अवधिमा बैंकले २ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.१८ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १८.४६ प्रतिशतले बढेको छ त्यस्तै बैंकको खुद सञ्चालन आम्दानी ६६.१८ प्रतिशतले बढेर २ करोड ८८ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ३.२६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ७५ पैसा रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares