बिक्रि आम्दानी बढेसंगै हिमालयन डिष्टिलरीको नाफामा उछाल

अर्थकागज
प्रकाशित: ०६ कात्तिक २०८१
Image description

काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८९. प्रतिशतले बढि हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १० करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीले मदिरा बिक्रीमार्फत १ अर्ब ४८ करोड रुपैयाँ आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ५२.९७ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले मदिरा बिक्रिबाट ९७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ १५ ले बढेर २९ रुपैयाँ ७७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २९ पैसा रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर