९६ प्रतिशतले बढ्यो अपि पावरको नाफा, बिद्युत बिक्रि आम्दानी कति ?

अर्थकागज
प्रकाशित: ११ कात्तिक २०८१
Image description

काठमाडौं ।अपि पावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

यस अवधिमा कम्पनीले ४३ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.४९ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको बिद्युत बिक्रि आम्दानी भने ८१.६५ प्रतिशतले बढेर ४७ करोड ५२ लाख रुपैयाँ रुपैयाँ पुगेको छ। जुन गत आर्थिक बर्षको यसै अवधिमा २६ करोड १६ लाख रुपैयाँमा सिमित थियो । बिद्युत बिक्रि आम्दानीमा आएको बृद्धिसंगै कम्पनीको खुद मुनाफा बढेको हो ।

५ अर्ब ७८ करोड चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) बढेर १२ रुपैयाँ ५६ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.६५ रुपैयाँ रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर