अपि पावरले अर्को वर्ष 'डबल डिजिट' मा लाभांश दिने

अर्थकागज
प्रकाशित: २७ पुस २०८०
Image description

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडका प्रबन्धक निर्देशक संजिव न्यौपानेले अर्काे आर्थिक वर्ष सेयरधनीलाई डबल डिजिटमा लाभांश दिने बताएका छन् ।
पुष २७ गते शुक्रबार बानेश्वर ब्याङ्क्वेट थापागाउँमा सम्पन्न २० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका प्रबन्धक निर्देशक न्यौपानेले सेयरधनीलाई अर्काे वर्ष डबल डिजिटमा लाभांश दिने बताएका हुन् । सभालाई सम्बोधन गर्दै कम्पनीका प्रबन्धक निर्देशक न्यौपानेले अपि पावर कम्पनी हाइड्रोपावरको कुहिनुर भएको सुनाए ।
अपि पावर कम्पनी जलविद्युत कम्पनीहरुमा सवल र अम्बल कम्पनी भएकोले भोलीका दिनमा नयाँ नयाँ आयोजना निर्माण गरी सेयरधनीलाई धेरै भन्दा धेरै लाभांश दिने कम्पनीको रुपमा स्थापित गर्न कर्मचारी र व्यवस्थापन लागि परेको निर्देशक न्यौपानेले सभामा सेयरधनीलाई बताए ।
सभाले अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८०को वार्षिक प्रतिवेदनलाई छलफल गर्दै पारित गरेको छ । त्यसै गरी लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०७९/ ०८०को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु र आर्थिक वर्ष २०८०/०८१का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरिएको छ ।
त्यसै गरी सभाले कम्पनीले नयाँ आयोजनाहरुको पहिचान, विकास, प्रवर्द्धन गर्न लगानी गर्ने तथा अन्य कम्पनीबाट समेत प्रवर्द्धन भई विकास तथा निर्माण भईरहेको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने अखित्यारी समेत संचालन समितिलाई प्रदान गर्दै आएको छ ।
कम्पनीले दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रुपमा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना निर्माण सम्पन्न गरी वि.स.२०७२ भाद्र २ गते देखी राष्ट्रिय ग्रिडमा बिद्युत प्रवाह गरी व्यापारिक उत्पादन गरिरहेको छ । सुदुर पश्चिम प्रदेशमा नीजि लगानीबाट १७ महिना भित्र निर्माण गरी संचालन भएको यो नै पहिलो जलविद्युत आयोजना हो । कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना मिति २०७६ साल कार्तिक १३ गतेबाट व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ । कम्पनी द्वारा संचालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरीया–वलाँच १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत विद्युत प्रवाह भईरहेको छ ।
त्यसै गरी अपिले पावरले ४० मेगावाट क्षमताकोतेश्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गर्दै राष्ट्रिय ग्रिडमा विद्युत जोडिसकेको छ ।

प्रतिक्रियाहरू

min prasad Tiwari

1 year ago

I think it is far better to provide cash dividend than stock which always rise the share value of company.

Sam bahadur chhetri

1 year ago

Api power ko total kti megawatts bidhut utapadan gardai xa jankari garai dinuna

सम्बन्धित खबर