नयाँ थप ११ ब्रोकर कम्पनीले पाए लाइसेन्स
प्रकाशित:
१८ भदौ २०८०
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप ११ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ ।
नेप्सेको सञ्चालक समितिको बैठकले ११ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो ।
थप ११ ब्रोकर कम्पनीलाई लाईसेन्स दिएको नेप्सेका सिईओ कृष्ण कार्कीले अर्थ कागजलाई बताएका छन् ।
नेप्सेले इन्दिरा सेक्युरिटिज् प्रा. लिमिटेड, सानिमा सेक्युरिटिज् लिमिटेड, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, स्टकस्कार्टट सेक्युरिटिज् लिमिटेड, एस. पी एस. ए. सेक्युरिटिज् लिमिटेड, गरिमा सेक्युरिटिज् लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रा लि, एनएमबि सेक्युरिटिज् लिमिटेड, आकाशभैरव सेक्युरिटिज्लिमिटेड, र ब्लु चिप सेक्युरिटिज् लिमिटेडलाई लाइसेन्स दिएको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares