तारागाउँ रिजेन्सीको सेयर कारोबार फुकुवा

अर्थकागज
प्रकाशित: १८ मंसिर २०८०
Image description

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आज अर्थात मंगलबार तारागाउँ रिजेन्सी होटलको सेयर फुकुवा गरेको छ ।

समयमै लाभांश वितरणको सूचना नदिएको भन्दै नेप्सेले सोमबार कम्पनीको कारोबार रोक्का गरेको थियो ।

मानवीय त्रुटि हुन गएका कारण समयमै लाभांश वितरणको सूचना दिन नसकेको र आगामी समय यस्ता गल्ती हुन नदिने प्रतिबद्धता कम्पनीले जनाएपछि कारोबार फुकुवा गरिएको नेप्सेले एक विज्ञप्तिमार्फत जनाएको छ ।

गत शनिबार नै सञ्चालक समितिको बैठक बसेर सेयरधनीलाई लाभांश दिने निर्णय गरे पनि कम्पनीले आइतबार बेलुका सवा ५ बजेपछि मात्रै नेप्सेलाई जानकारी गराएको थियो ।

तारागाउँ रिजेन्सीको कारोबार सोमबार स्थगन गर्दै नेप्सेले स्पष्टीकरण सोधेको थियो । तारागाउँ रिजेन्सीले चुक्ता पुँजीको ११ प्रतिशत नगद तथा ४ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर