नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा सम्पन्न, ५ प्रतिशत लाभांश पारित


नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज जेठ १७ गते, विहिबार, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा सम्पन्न भएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
त्यस्तै, सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु पनि पारित गरेको छ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ जेठ ६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको थियो त्यसैले वैशाख ६ गतेभन्दा अघि नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रियाहरू
Ssss
9 months ago
Last paragraph ek choti ramro sanga padna ho ky... yasto mistake pani hunchha ra.... post huna bhanda paila... review huna jasto chha..
Shares