हिमालयन लाइफको कामु सीईओमा कपिल कुमार दाहाल नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम (कामु) सीईओमा कपिल कुमार दाहाल नियुक्त भएका छन्। कम्पनीको असोज २७ गते बेलुकी ४ बजे बसेको सञ्चालक समितिको बैठकले अर्काे सीईओ नियुक्ति नभएसम्मका लागि कार्यबाहक सीईओको हैसियतमा कम्पनीको दैनिक प्रशासकीय तथा व्यवस्थापकीय कामकाज गर्ने गरी नियुक्त गरिएको हो । यसअघिका कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले राजीनामा दिएसँगै कर्णको स्थानमा कम्पनीले सोही स्थानमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दाहाललाई कामु सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
यसअघिका सीईओ मनोज लाल कर्णले कर्मचारी र अभिकर्ताहरूको आन्दोलनका कारण आफ्नो पदबाट राजीनामा दिएका थिए । विगत केही महिनादेखि कम्पनीका अभिकर्ताहरु बीमाको बोनस दर बढाउनु पर्ने माग सहित आन्दोलन गर्दै आईरहेका छन् । अभिकर्ताहरुले गत वर्षको बार्षिक साधारणसभा हलमा आन्दोलन गरेपछि तत्कालिन सिईओ कर्णलाई राजिनामा दिन दबाब परेको थियो ।
Shares