बरुण हाइड्रोपावरको नाफामा उछाल, बिद्युत बिक्रि आम्दानी करिब ४ करोड

अर्थकागज
प्रकाशित: २८ कात्तिक २०८१
Image description

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले १ करोड ६० लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद मुनाफा २ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट ३ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ अघिल्लो बर्ष कम्पनीको विद्युत बिक्रि आम्दानी थिएन । ५३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन अर्निङमा भने ३ करोड ७८ लाख रुपैयाँ संचित रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ २३ पैसा रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर