प्रिमियमका सबै आईपीओ रोक्न धितोपत्र बोर्डलाई सार्वजनिक लेखा समितिको निर्देशन

अर्थकागज
प्रकाशित: १९ कात्तिक २०८०
Image description

काठमाडौं । लगानीकर्ताको चर्काे विरोधपछि सार्वजनिक लेखा समितिले प्रिमियमका सवै आईपीओ तत्कालको लागि रोक्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । प्रिमियमा आईपीओ जारी गर्न ठूलो आर्थिक चलखेल भउको उजुरीका आधारमा समितिले तत्काल आईपीओ जारी गर्नबाट बोर्डलाई निर्देशन दिएको हो ।

समितिको निर्देशनसँग हिमालय रि इन्स्योरेन्सको लगायत सवैको प्रिमियममा आईपीओ जारी गर्न अनुमति पाएका सवै कम्पनीको आईपीओ तत्कालको लागि बन्द भएको छ ।

समितिले प्रिमियम मूल्यमा आईपीओ निश्कासनको अनुमति पाएका सवै कम्पनीको सवै कागजात पेश गर्न पनि धितोपत्र बोर्डलाई निर्देशन गरको छ ।

बजार घटेर प्यानिक भएका लगानीकर्ताले आईपीओ र हकप्रद तत्काल रोक्नु पर्ने आवाज उठाउदै आएका छन् । यता, बोर्डलाई भने आईपीओ जारी गर्न उच्च तहको दबाबको कारणले पनि सेयर निश्कासनको अनुमति दिनु पर्ने बाध्यता रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर