निर्माण व्यवसायीले लगाए सिँचाई विभागमा भोटे ताला

अर्थकागज
प्रकाशित: २७ साउन २०८०
Image description

ललितपुर ।  निर्माण व्यवसायीहरूले जावलाखेलस्थित सिँचाई विभागमा भोटे ताला लगाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार विभागमा ताला लगाएका हुन् ।

निर्माण व्यवसायी सरकारले साउन सकिन लाग्दा पनि काम गरेको भुक्तानी रकम नदिएको भन्दै  केही दिनेअघि देखि व्यवसायीहरु आन्दोलनमा होमिएका छन् ।

तेस्रो चरणको आन्दोलनमा सरकारी कार्यालयमा ताला लगाएर धर्ना दिने उनीहरूले घोषणा गरेका हुन् । व्यवसायीहरु हिजोआज निर्माण व्यवसायी महासंघको कार्यलयमा दिनहुजसो जम्मा भई विभिन्न कार्यक्रम गरी सरकारलाई दवाव दिइरहेका छन् । 



प्रतिक्रियाहरू

सम्बन्धित खबर