जिल्ला अस्पतालमा रेडक्रसको जनसम्पर्क कार्यालय

अर्थकागज
प्रकाशित: २६ मंसिर २०८०
Image description

उदयपुर । उदयपुर जिल्ला अस्पताल गाईघाट बोक्सेमा नेपाल रेडक्रस सोसाइटी त्रियुगा नगर शाखाले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।

बुधबार जिल्ला अस्पतालमा जनसम्पर्क कार्यालयको औपचारिक रुपमा प्रारम्भ गर्दै उक्त कार्यक्रमका प्रमुख अतिथि तथा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर र यहाँ उपचार गर्न आउने विरामीकालागि रगतको अभाव हुन नदिन बल्ड बैंक सहितको सेवा उपलब्ध गराउन जन सम्पर्क कार्यालय संचालन गरिएको र नगरपालिकाले यस्ता कार्यमा निरन्तर सहयोग गर्दै जाने बताउनु भयो ।

उदयपुर जिला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ज्ञानेन्द्र झाले उदयपुर जिल्ला अस्पताल कोशी प्रदेश कै उत्कृष्ट अस्पतालमा परेकोले अस्पतालको थप सेवा सुविधा तथा पूर्वाधार तयार पार्ने काममा रेडक्रसको ब्लड बैंक र जनसम्पर्क कार्यालयले पनि ठूलो मद्दत गर्ने बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी त्रियुगा नगर शाखाका सभापति अमृत हमालको अध्यक्षतामा भएको सो कार्यक्रममा रेडक्रस उदयपुर जिल्ला सभापति मदनराज कटुवाल लगायतका जिल्लाका पदाधिकारी तथा नगर शाखाका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर