आज ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कसको कति लाभांश र एजिएम कहिले ?

अर्थकागज
प्रकाशित: १७ पुस २०८०
Image description

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जीवन विकास लघुवित्त, कालिका पावर, युनिभर्सल पावर र एचआइडीसीएलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी ४ वटा कम्पनीले बुधबार पुस १८ गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १७ गतेसम्म अर्थात आजसम्मका कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

कालिका पावर कम्पनी लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा दियालो फुडल्याण्ड चितवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ नगद लाभांश (कर प्रयोजन) गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ ।

त्यसै गरी जीवन विकास लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३ प्रतिशत नगद वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङ्गमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।

त्यसै गरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

त्यसै गरी युनिभर्सल पावर कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर