पोखरा फाइनान्स घाटामा, वितरणयोग्य मुनाफा ४६ करोडले ऋणात्मक

अर्थकागज
प्रकाशित: २१ साउन २०८१
Image description

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा फाइनान्सको खुद नाफामा गिरावट देखियको छ ।

असार मसान्तसम्ममा फाइनान्स १० करोड ६४ लाख रुपैयाँ नोक्सानीमा छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले २ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो।

समिक्षा अवधिसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी ३५.७६ प्रतिशतले घटेको छ असार मसान्तसम्म कम्पनी ३४ करोड ५९ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । समिक्षा अवधिमा फाइनान्सको वितरणयोग्य मुनाफा ४६ करोड ८८ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि ऋणात्मक छ। समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८३ पैसा ऋणात्मक रहेको छ । असार मसान्तसम्ममा फाइनान्सको नेटवर्थ १२३.५ रुपैयाँ रहेको छ। फाइनान्सको खराब कर्जा बढेर ९.७५ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा फाइनान्सको खराब कर्जा ५.३८ प्रतिशत रहेको थियो ।

प्रतिक्रियाहरू

Kamalgurung

10 months ago

Chaleko xaina

Kamalgurung

10 months ago

Chaleko ko xain

Kamalgurung

10 months ago

Chaleko ko xain

Kamalgurung

10 months ago

Chaleko ko xain

Kamalgurung

10 months ago

Chaleko ko xain

Kamalgurung

10 months ago

Chaleko ko xain

सम्बन्धित खबर