एनआईसी एसिया बैंकले झार्यो एकल अंकमा ब्याजदर
काठमाडौं । एनआईसी एसिया बैंकले ब्याजको दर घटाएको छ। बैंकले आज जारी गरेको एक सुचनाअनुसार मङ्सिरको मुद्दती निक्षेपको ब्याजदर अब ८.९६८ प्रतिशतमा हुनेछ। बैंकले कात्तिकमा मुद्दति निक्षेपमा अधिकतम ११.००३ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो।
व्यक्तिगततर्फको ३ महिनादेखि १५ वर्ष अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर ८.९६८ प्रतिशत तोकिएको छ। त्यस्तै ६ महिनादेखि १५ वर्षसम्म अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ६.९६८ प्रतिशत बनाएको छ।
कल निक्षेपको ब्याजदर घटाएर २.२९२ प्रतिशत बनाइएको छ भने बचतको ब्याजदर पनि घटाएर ६.५८५ प्रतिशत कायम गरिएको छ । कात्तिकमा बैंकले कल डिपोजिटमा ३.००१ प्रतिशत ब्याजदर कायम गरेको थियो । यस्तै, कात्तिकमा बचतको ब्याजदर ८.००३ प्रतिशत कायम गरिएको थियो ।
प्रतिक्रियाहरू
Purushotam khanal
2 years ago
Hamle tirne interest t 13.55 % chha yo chahi bujhien
Shares