अपि पावरको हकप्रद सेयर सेयरधनीको पर्खाइमा, कहिले र कसले आवेदन दिने ?

अर्थकागज
प्रकाशित: २५ साउन २०८०
Image description

काठमाडौं । सेयर बजार र जलविद्युत क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउन सफल कम्पनी होे, 'अपि पावर कम्पनी लिमिटेड' । दोस्रो बजारमा समेत अपि 'स्टक' लगानीकर्ताको रोजाईमा पर्ने गर्दछ । लगानीकर्ताको माझ अपि पावर कम्पनी हरेक वर्ष लगानीकर्ताको हात खाली नगर्ने हाइड्रोपावर कम्पनीको रुपमा परिचित छ । लगानीकर्ताको सधै रोजाईमा पर्ने अपि पावरले आगामी साउन ३१ गतेदेखि ४०% हकप्रद सेयर जारी गर्दैछ । 

कम्पनीले १ः०.४% अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋणमोचन गर्ने उद्देश्यले हकप्रद सेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । सफल ऊर्जा उद्येमीको समूहले हाकेको  अपि पावरले जारी गर्ने हकप्रद सेयर लगानीकर्ताको पखाईमा रहेको छ । 

कसले भर्न पाउनेछ ? 

उक्त हकप्रद सेयरको लागि यसले असार २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यस हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट कसरी भर्ने  ? 

अपि पावरको हकप्रद सेयर मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । 

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल अपि पावर कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि कम्पनीको  चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ ।   


प्रतिक्रियाहरू

सम्बन्धित खबर