एमालेको प्रधानमन्त्रीको उम्मेदवार अध्यक्ष ओली
प्रकाशित:
०४ माघ २०८२
काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको छ ।
एमाले सचिव महेश बस्नेतका अनुसार शनिबार बसेको सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने निर्णय गरेको हो ।
अध्यक्ष ओली झापा-५ बाट चुनाव लड्ने भएका छन् । उनको यो आफ्नै क्षेत्र हो । पछिल्लो निर्वाचनमा उनले यस क्षेत्रबाट २८ हजार ५७६ मत अन्तरले जित हासिल गरेका थिए ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ भने नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares