नेप्सेमा हाथवे इन्भेष्टमेन्टको सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थकागज
प्रकाशित: ०५ कात्तिक २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयरमा मूल्य समायोजन भएको छ । कम्पनिले साधारणसभा तथा लाभांश प्रयोजनका लागि भोलि कार्तिक ७ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आजसम्म नेपाल स्टक नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्रात गर्न सक्नेछन् ।

कम्पनीको १० प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १ हजार ३ सय ९ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा आईतबारको अन्तिमा कारोबार मूल्य १ हजार ४ सय ३९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

कम्पनीको १६ औँ वार्षिक साधारण सभा कार्तिक ४ गते कात्तिक २५ गते, आइतबार, आम्रपाली ब्याङ्केट, काठमाडौँमा हुने छ । सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले लाभांश सहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर