पुँजी बजारको लागि अर्थमन्त्रीमा बिष्णु पौडेल नै चाहिने हो ?

अर्थकागज
प्रकाशित: ०५ साउन २०८१
Image description

नेकपा एमालेको नेता बिष्णु पौडेल अर्थमन्त्री भएको ३ दिनमा नेप्से १८३ अंकले बढेको थियो । यो संयोग मात्र हो कि सेयरबजारको लागि अर्थमन्त्रीमा बिष्णु पौडेल नै चाहिएको हो ? त्यसोत पुँजी बजार भन्ने गरेको बजारमा पनि राजनीतिक असर पर्ने गरेका छन् । देशमा रानीतिक उथलपुथल सत्ता समिकरण फेरबदल सरकार फेरिने मात्र नभइ अर्थमन्त्री फेरियो भने पनि सेयरबजार तरगित हुने गरेको छ । त्यसोत सेयरबजारमा राजनीति प्रबेश गरिसकेका छन नेकपा एमालेसँग आबद्ध सेयर लगानीकर्ताहरुले सेयर लगानीकर्ताहरुको संघ समेत स्थापना गरिसकेका छन् । त्यसोत, पछिल्लो समयमा देशमा अर्थमन्त्री पनि एमालेको नेता त्यसैगरि नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी पनि नेकपा एमालेका नेता । त्यसोत गभर्नर साहेबको पदाबधि यहि चैत्र महिनामा सकिने बताउँछन जानकारहरु ।

नेपाल राष्ट्र बैकको गभर्नर साहेब सेयरबजार प्रति लचिलो भएन सेयर लगानीकर्ताहरुको माग सम्बोधन गरेन गभर्नर साहेबको कारणले सेयरबजारले गति लिन सकेन भनेर सत्तो श्राप गर्ने लगानीकर्ताहरु सरकारमा नेकपा एमालेको नेतृत्वमा बन्ने र अर्थमन्त्रीमा बिष्णु पौडेल हुने भएको चर्चा सँगै सयरबजारले गति लिएको नेप्से उकालो लागेको देखिन्छ । त्यसोत सेयरबजार सम्बन्धि नीति नियम निर्देशन कुनै पनि परिबर्तन भएको छैन् । तर, पनि अर्थमन्त्रीमा बिष्णु पौडेल आउछ भन्ने हल्लाले नै सेयरबजार उकालो लाग्यो कारोबार रकममा पनि उल्लेखनिय बृद्धि भएको देखिन्छ यो कस्तो बिष्णु पौडेल माथिको क्रेज । हुनत यो संयोग मात्र पनि हुन सक्छ । के त सेयरबजारका लगानीकर्ताहरुलाई अर्थमन्त्रीमा बिष्णु पौडेल नै चाहिएको हो त ? अबत सेयरबजार पनि अर्थमन्त्री को बनेको को नबन्ने हेरर मात्र हिड्ने गरिन्छ कि ? भन्ने पनि चर्चाहरु चल्ने गरेका छन् सेयरबजारमा ।

त्यसोत कतिपयको भनाइमा सेयरबजारका लगानीकर्ताहरु ब्यक्ति बिशेषको पछि लाग्ने कि नियामक निकायहरुको नीति नियम निर्देशन र कम्पनीहरुको प्रतिबेदन कम्पनीहरुको वासलात कम्पनीहरुको तथ्यांक सुचांकको पछि लाग्ने भनेर भन्ने गरेका छन् । त्यसोत सेयरबजार प्रति सरकार नियामक निकायहरु सेयरबजार सम्बन्धि नीति नियमहरु सेयरबजार मैत्री हुनु पर्दछ र सेयर बजारका लागि सकारात्मक हुनु पर्दछ । पछिल्लो समयमा प्रचण्ड नेतृत्वको समिकरणको सरकार परिबर्तन हुन लागेको र नेकपा एमालेको नेतृत्वमा २ ठुला दलको सरकार बन्ने र अर्थमन्त्रीमा बिष्णु पौडेल हुने चर्चा संगै सेयरबजारले गति लिएको देखिन्छ । अर्थमन्त्रीमा बिष्णु पौडेल नियुक्ति संगै सेयरबजार नेप्से उकालो लागेको र कारोबार रकममा पनि बृद्धि भएको भने देखिन्छ । पछिल्लो समयमा अर्थमन्त्रीमा बिष्णु पौडेल भएपछि सेयरबजार उकालो लाग्ने जस्तो भास्य निर्माण गर्न खोजेको जस्तो देखिन्छ ।

त्यसोत सेयरबजारका बिज्ञ बिश्लेषकहरुले भन्ने गरेको सेयर खरिद गर्दा राम्रो कम्पनी हेरर कम्पनीको वासलात, सुचांकहरु हेरेर राम्रो कम्पनी कम्पनीहरुको अध्ययन गरेर मात्र शेयर खरिद गर्न पर्छ भन्ने भनाइलाई कतिपय लगानीकर्ताहरुले टोपी लगाइ दिएका छन भन्दा पनि फरक नपर्ला । कतिपय लगानीकर्ताहरुले सेयर खरिद गर्दा सेयर कारोबार गर्दा कम्पनिलाई हेरेर नभइ अर्थमन्त्रीको अनुहार हेरेर लगानी गर्ने गरेको जस्तो पनि देखिन्छ । त्यसोत सेयरबजारमा सरकार मन्त्री राजनीतिक दलका नेताहरुको नियामक निकायहरुको भनाइ बिचारले पनि सेयरबजारमा सकारात्मक र नकारात्मक असर गर्ने गरेका छन् । तर पनि शेयर बजारमा प्रबेश गर्ने लगानीकर्ताहरुले सेयरमा लगानी गर्ने लगानीकर्ताहरु सचेत भने हुनु पर्दछ र सेयरबजारप्रति जानकार हुन पर्दछ । शेयरबजार सम्बन्धी अध्ययन गरेर जानकारी लिएर मात्र सेयरबजारमा प्रबेश गरेमा राम्रो हुने देखिन्छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर