नेशनल लाइफ इन्स्योरेन्सको नाफामा सुधार, अन्य सुचक कस्तो ?


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तीन महिनाको अवधिमा १३ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १२ करोड ९९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
पहिलो त्रैमासमा कम्पनीले ४ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको यो अवधिमा खुद दाबी भुक्तानी ५.६६ प्रतिशतले बढेर ४ अर्ब ६२ करोड पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड दाबी भुक्तानी गरेको थियो।
कम्पनीले लगानी र कर्जाबाट हुने आयबापत १ अर्ब ३५ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आय ९७ करोड ९९ लाख रुपैयाँमा सीमित थियो।
कम्पनीको सञ्चालन खर्च घटेको छ। गत वर्ष यही अधिवमा कम्पनीको सञ्चालन खर्च १८ करोड ९ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर १७ करोड ३८ लाख रुपैयाँमा झरेको छ।
चुक्तापुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४९ करोड ८ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ७० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा रिटेन्ड अर्निङमा ३७ करोड ५५ लाख रुपैयाँ र अन्य इक्विटीमा ४९ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको पीई रेसियो ५१.०६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.१२ रुपैयाँ रहेको छ ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १०.४० रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिमा ईपीएस १२.८८ रुपैयाँ रहेको थियो।
Shares