ऋणीलाई एनआईसी एशिया बैंकले ल्यायो ब्याज छुटको योजना

अर्थकागज
प्रकाशित: ०९ असार २०८१
Image description

काठमाडौँ । बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि एनआईसी एशिया बैंकले विभिन्न ब्याज छुट योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने उद्देश्यले यो अफर ल्याएको जनाएको छ ।

बैंकले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत विभिन्न छुट प्रदान गर्ने जनाएको छ ।

९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेका कर्जामा १५ प्रतिशत ब्याज छुट, १८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेका कर्जामा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधिको भाखा नाघेका कर्जामा ३५ प्रतिशत ब्याज छुटको व्यवस्था बैंकले गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर