आजबाट बिदामा बसे गभर्नर अधिकारी

अर्थकागज
प्रकाशित: ०४ चैत २०८१
Image description

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज चैत्र ५ गतेदेखि १० दिने विदामा बसेका छन्। गभर्नर अधिकारी आज चैत्र ५ गतेदेखि चैत्र १४ गतेसम्मको १० दिने विदामा बसेका हुन् ।

उनी १० दिने फोर्स लिभमा बसेका हुन् । राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य विदा (फोर्स लिभ) बाँकि रहेकोले गभर्नर अधिकारी विदामा बसेका हुन् । उनी चैत्र १५ गते राष्ट्र बैंकमा हाजिर हुन् फर्कने छन् । उनको कार्यकाल चैत्र २२ गते सकिने छ।

सार्वजनिक नियुक्त पाएका केही संस्था प्रमुख कार्यकाल समाप्त हुन एक महिनाअघि बिदा बस्ने चलन छ। यस अघिका केही गभर्नर पनि कार्यकाल सकिनु भन्दा १ महिना अगाडी नै विदा बसेका थिए । तर गभर्नर अधिकारी भने कार्यकालको अन्तिम दिनसम्म पनि काम मै रहने भएका हुन् ।

गभर्नर अधिकारीको अनुपस्थितिमा राष्ट्र बैंकको नियमित प्रशासनिक कामकाज बरिष्ट डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले हेर्ने छिन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर