सिटिजन लाइफको आईपिओ भदौ १५ गतेदेखि बजारमा

अर्थकागज
प्रकाशित: ०५ भदौ २०८०
Image description

काठमाडौं । सिटिजन लाइफले साधारण सेयर (आईपीओ) यही भदै १५ गतेदेखि निश्कासन हुने भएो छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी आईपीओ निष्काशन गरेको हो । लगानीकर्ताहरुले प्रतिकित्ता २४४ रुपैयाँ तिरेर आवेदन दिनुपर्नेछ ।
कम्पनीले कूल ९० लाख कित्ता सेयर सबै सर्वसाधारणले भर्न पाउने गरी प्रिमियम मूल्यमा प्रतिकित्ता २४४ रुपैयाँका दरले निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी गर्ने आईपीओमा भदै १५ गतेबाट भदौं १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
न्यूनतम्, १० कित्ता शेयरमा आवेदन दिनको लागि दुई हजार चार सय ४० रुपैयाँ तिर्नुपर्नेछ । आवेदन मेरो सेयर आईपिओ भर्न मिल्ने बैंक, सिआश्बा सदस्यता प्राप्त बैंकमार्फत भर्न सकिनेछ ।
कम्पनीको कूल जारी पुँजि तीन अर्ब ७५ करोड रुपैयाँ बराबरको तीन करोड ७५ लाख कित्ता सेयर मध्ये ३० प्रतिशत अर्थात एक करोड १२ लाख ५० हजार कित्ताको लागि आईपिओ निष्काशन गरोको थियो । सो मध्ये पाँच प्रतिशत कर्मचारीको लागि छुट्याएको थियो ।
त्यस्तै, १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता आईपिओ बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याइएको थियो । त्यस्तै, सामूहिक लगानीकोषको लागि पाँच प्रतिशत छुट्याएपछि सर्वसाधारणको लागि जम्मा ९० लाख कित्ता सेयर वितरण गर्न लागिएको हो ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर