सेयरधनीलाई लाभांश दिन नसकेको उपकार लघुवित्त मर्जरमा जाने, बोलायो साधारणसभा
प्रकाशित:
२९ मंसिर २०८१
काठमाडौं । सेयरधनीलाई लाभांश दिन नसकेको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारणसभा बोलाएको छ ।
संस्थाले मर्जरको प्रस्ताव राखेर पुस २४ गते होटल सेन्टर प्लाजा, कोहलपुर, बाँकेमा बिहान ११ बजे साधारणसभा बोलाएको हो । कम्पनीले यसपटक लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन ।
लघुवित्तको विशेष प्रस्तावमा अन्य लघुवित्त संस्थासँग मर्जर र सोसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव तय भएको छ ।त्यस्तै, सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनसहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares